बैतडीमा पूर्ण खोप लगाउनेको संख्या १ लाख बढी पुग्याे




बैतडी, ८ माघ– जिल्लामा पूणर् खोप लगाउनेको संख्या १ लाख नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार १ लाख ५ हजार ६५८ जनाले पूर्ण खोप लगाएका छन् ।


त्यस्तै पहिलो मात्रा लगाउनेको संख्या भने १ लाख ३९ हजार ९८५ रहेको छ । पछिल्लो विवरणअनुसार पुर्चौंडी नगरपालिकामा २० हजार ५६८ जनाले पहिलो मात्रा र १२ हजार ७७२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार १६७ जनाले पहिलो मात्रा र २२ हजार ११८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । डिलाशैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूणर् मात्रा खोप लगाएका छन् ।



त्यसैगरी जिल्लाको पाटन नगरपालिकामा १५ हजार ३१८ जनाले पहिलो मात्रा र २१ हजार ६६७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले पहिलो मात्रा र ७ हजार ४१० जनाले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा र ८ हजार ५९५ जनाले पूर्ण मात्रा पाएका छन् ।
सिगास गाउँपालिकामा ९ हजार ८८ जनाले पहिलो मात्रा र ६ हजार ४०९ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुर्नया गाउँपालिकामा ९ हजार ३१४ जनाले पहिलो मात्रा र ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९७० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
शिवनाथ गाउँपालिकामा ७ हजार ३५० जनाले पहिलो मात्रा र ४ हजार ४६५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ ।



