बैतडी प्रशासनद्वारा खोप कार्ड र आलोपालो सेवा सुरु

बैतडी, ८ माघ– कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि यहाँका पालिकाका नागरिकलाई बार अनुसारको सेवा र खोप कार्ड अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । त्यस्तै मंगलबार दोगडाकेदार गाउँपालिका र डिलासैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधबार सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।

बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने जिप्रकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान हुनेछ ।

त्यसैबीच कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि प्रशासन सहित सबै सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको पूर्ण खोप लगाएको कार्ड अनिवार्य गरिएको हो ।

Loading...