मावि स्तरिय भलिबल प्रतियोगिता सम्पन्न

उपाधि चुरे गाउपालिकामा रहेको जनता माबिले हात पार्याे

अत्तरिया– कैलालीको अत्तरियामा अन्तर माध्यामिक बिधालय स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

जनसाहारा मासिक पत्रिकाको आयोजनामा यही चैत २७ गतेदेखी सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिताको उपाधि चुरे गाउपालिका ६ शान्तिनगरमा रहेको जनता माध्यामिक बिधालयले हात पारेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अन्तिम फाइनल खेलमा बिधा भूषण गेटालाई हराउदै जनता माध्यामिक बिधालयले उपाधि हात पारेको हो । उपाधिसंगै जनता मा.विको टिमले नगद १० हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा दोस्रो भएको बिधा भूषण गेटाले नगद ५ हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो घण्टेस्वर मा वि अत्तरिया भएको छ । सुप माबिलाई हराउदै तेस्रो भएको घण्टेस्वर मा.विले ३ हजार प्राप्त गरेको छ । प्रतियोगिता भरको उत्कृष्ट खेलाडीमा जनता मा विका खेलाडी चक्र बुढा भएका छन् । उनले ट्रफि सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

गोदावरी नगरपालिका वडा नं २ उत्तर बनखेतमा रहेको सुप मा.विको खेल मैदानमा हुने उक्त प्रतियोगितामा कैलाली कञ्चनपुरका ६ बिधालयका टिमहरुले सहभागिता रहेको खेल संयोजक गणेशनाथ योगीले जानकारी दिए ।

Loading...