‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’

डोटी, ५ मंसिर- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपंछी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताएका छन्।दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि तथा पशुपंछी व्यवसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी बृद्धि गर्नु आवश्यक छ भने।

उनले भने,“किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाझो जमिनमा खेती गरौँ, स्वरोजगार बनौँ।” कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठुलो योगदान पुर्याउने बताए।

Navadurga sun

जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय दिपायल राजपुरका आयोजनामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत ‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’ भन्ने कार्यक्रम कार्यान्वयनमा आएको छ।

जिल्लाले कृषि क्षेत्रमा उल्लेख्य फड्को मार्न थालेको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए। उनले भने, “आर्थिक अभाब भएका तर स्देशमै कृषि क्षेत्रमा केही गरौँ भन्ने सोच भएका व्यक्तिलाई ‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’ भन्ने कार्यक्रम फलदायि भएको छ, कृषि क्षेत्रमा पनि उल्लेख्य विकास हुँदै छ।”सडक सञ्जालले नछोएको सिंचाइको व्यवस्थापन हुन नसकेको, बजारीकरणको अभाब, किसानको माग चाहान आवश्यकता अनुसार नभएर माथी बाटै सिधै योजना आउने गरेका कारणसमस्या हुँदै आएको कार्यक्रमका सहभागीले गुनासो गरेका थिए।रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...