प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: सुदूरपश्चिमको खेलतालिका सार्वजनिक

बैतडी, २२ मंसिर– प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मङ्सिर २५ गते सुरु हुने प्रतियोगिता २९ गते सम्पन्न हुनेछ। प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशका ६ जिल्लालाई दुई समूहमा विभाजन गरिएको प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

Dadeldhura hospital

समूह ‘ए’ मा बैतडी, कञ्चनपुर र डोटी तथा समूह ‘बी’ मा कैलाली, डडेल्धुरा र बझाङ छन्। कैलालीको फाप्ला खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल कैलाली र डडेल्धुराबीच हुनेछ। अर्को खेलमा बैतडी र डोटीले प्रतिस्प्रर्धा गर्नेछन्।

Navadurga sun
Godawari sandesh

यस्तै मङ्सिर २६ गते डडेल्धुरा र बझाङ तथा कञ्चनपुर र डोटीबीच खेल हुनेछ। मङ्सिर २७ गते कैलाली र बझाङ तथा कञ्चनपुर र बैतडीबीत प्रतिस्पर्धा हुनेछ। मंसिर २८ गते सेमिफाइनलका खेल तथा मङ्सिर २९ गते फाइनल खेल हुने सङ्ले जनाएको छ। उक्त प्रतियोगिताबाट छनोट भएका खेलाडीले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए। नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप आगामी पुस ३ गतेदेखि कैलालीको धनगढीमा हुँदैछ। (रासस)

Loading...