डोटीमा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम’ सञ्चालन

डोटी १८ मंसिर– डोटी जिल्लाका बिभिन्न आठवटा स्थानीय तहहरुमा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम’ सञ्चालन भएको छ । कार्यक्रम अन्तरगत दुई चरणमा मतदाता नामावली संकलन गरिने गरिने छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला निर्वाचन कार्यालय डोटीले दिएको जानकारी अनुसार पहिलो चरणमा मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको पूर्वीचौकी गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार गाउँपालिका र सायल गाउँपालिका गरी चार वटा पालिकामा र दोश्रो चरणमा मंसिर २९ गतेदेखि पौष ९ गतेसम्म शिखर नगरपालिका, के.आई.सिंह गाउँपालिका, जोरायल गाउँपालिका र आदर्श गाउँपालिकामा मतदाता नामावली नामावली संकलनको कार्यक्रम सञ्चालन हुनेछ ।

Navadurga sun
Godawari sandesh

मतदाता नामावली दर्ता र संकलनको गर्ने कार्यलाई प्रचलित कानुन बमोजिम नियमित र व्यवस्थित गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन, कुनै पनि मतदान गर्न योग्य मतदाताहरु मतदाता नामावलीमा नछुुटुन भन्ने उद्धेश्यले मतदाता नामावली संकलन विशेष कार्यक्रम गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय डोटीका नायब सुब्बा दल बहादुर मलासीले जानकारी दिए । स्थानीय तहको केन्द्र रहेको स्थानबाट मतदाता नामावली संकलन गर्ने कार्य गरिने बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालय डोटीबाट नियमितरुपमा मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय दिपायल सिलगढी नगरपालिकामै पर्ने भएकाले दिपायल नगरपालिकामा भने विशेष कार्यक्रम लागु गरिएको छैन । जिल्ला निर्वाचन कार्यालय डोटीको २०७७ पुष ५ गते सम्मको तथ्यांक अनुसार डोटीमा ५५ हजार २ सय ७६ पुरुष र ६२ हजार ३ सय ४१ महिला गरी कूल १ लाख १७ हजार ६ सय १७ मतदाता रहेका छन् ।

Couple
Loading...