यू-१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको पहिलो जीत

बैतडी, १२ मंसिर- वाई वाई उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जीत दर्ता गरेको छ। आज सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै पहिलो जीत दर्ता गरेको हो।

Dadeldhura hospital

कर्णालीले दिएको ६७ रनको लक्ष्य सुदूरपश्चिमले बिना विकेटको क्षतिमा १२.१ ओभरमा पुरा गर्यो। सुदूरपश्चिमका कप्तान खडकबहादुर बोहरा ४२ बलमा पाँच चौका र दुई छक्कासहित ४१ रनमा अविजित रहे। नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे। त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली १६.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो। कर्णालीका प्रकाश जैसीले सर्वाधिक १५ रन बनाए। रुपक ढकाल ११ र रमेश बुढा १२ रनमा आउट भए । कर्णालीका चार खेलाडीले खाता नै खोल्न सकेनन्।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिमका शेर मल्लले २।५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए। नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। नरेन्द्र साउँदको हातमा १ विकेट पर्यो। यसअघि, सुदूरपश्चिम प्रदेशले वाग्मती र प्रदेश २ सँग समान २ विकेटले पराजित भएको थियो । सुदूरले अब मङ्गलबार टियुमा गण्डकीसँग खेल्नेछ। (रासस)

Loading...