डोटीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला
डोटी, १ मंसिर- डोटीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको शिखर नगरपालिका वडा नं.१ का २२ वर्षीय डिल्लीराज भट्ट र उनकी श्रीमती २० वर्षीया पशुपति भट्ट मंगलबार साँझ घरभन्दा तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । आत्महत्याको कारण खुल्न नसकेको उनले बताए ।
उक्त दम्पतिले एक वर्षअघि प्रेम विवाह गरेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।