बैतडीका दशवटै स्थानीय तहमा एमालेकाे अधिवेशन सम्पन्न

बैतडी, १६ कार्तिक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्तरगत बैतडीका सबै दशवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका १० वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्त चयन भएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्टले जानकारी दिए ।

Dadeldhura hospital

जिल्लाको दशरथचन्द नगरपालिकामा अजबहादुर पाण्डे, पाटन नगरपालिकामा ललितसिंह ठगुन्ना,पुर्चौडी नगरपालिकामा कर्णबहादुर धामी र मेलौली नगरपालिकामा राजबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व आएको हो ।

Navadurga sun
Godawari sandesh

त्यस्तै दोगडाकेदार गाउँपालिकामा काशीसिंह विष्ट,डिलाशैनी गाउँपालिकामा रघुबीर बोहरा, पञ्चेश्वर गाउँपालिकामा प्रकाश चन्द, शिवनाथ गाउँपालिकामा महेन्द्र चन्द, सुर्नया गाउँपालिकामा राजेन्द्र भट्ट र सिगास गाउँपालिकामा गोपाल धामी चयन भएका छन् ।

यसअघि जिल्लाका ८४ वटै वडामा पनि सर्वसम्मत रुपमा नै नेतृत्व चयन गरिएको थियो । प्रदेश सभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ । एमालेको दसौँ महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

Loading...