कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित सात जना पक्राउ

धनगढी- कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित सात जना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–४ बाट १ ग्राम ४ सय ९० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय २० वर्षीय पूर्णबहादुर चन्द र २४ वर्षीय शंकर देउवा रहेका छन्।

यस्तै, धनगढी उपमहानगरपालिका–४ शिवपुरीधामबाट १ सय ७७ मिलिग्राम ब्राउनसुगरसहित ३२ वर्षीय टनक अवस्थी र ३४ वर्षीय राजु बिष्ट पक्राउ परेका छन्। उनीहरूले प्रयोग गरेको से ५ प ४३१३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

Navadurga sun

धनगढी–१३ राजपुरबाट १ सय १७ मिलिग्राम ब्राउनसुगरसहित २५ वर्षीय आशिष भट्ट र सोही वडाको कैलालीगाउँबाट १ ग्राम ८ सय २२ मिलिग्राम पदार्थसहित ३८ वर्षीय आकाश राना पक्राउ परेका छन्। यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट १ ग्राम ८ सय मिलिग्राम खैरो हेरोइनसहित भीमदत्त नगरपालिका–१८ का २६ वर्षीय रामकृष्ण बराल पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले पक्राउ गरेका हुन्। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
Loading...