भन्सार छली ल्याइएका १० लाखभन्दा बढीका सामान बरामद

काठमाडौं- पर्साको वीरगञ्जबाट भन्सार छली भारतबाट ल्याइएका १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरिएको छ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट भारतबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका आइफोन–१७ तीन थान र आइफोन–१५ एक थान बरामद गरिएको हो। बरामद मोबाइलको मूल्य पाँच लाख ५२ हजार २१० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

Navadurga sun

त्यस्तै, वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको ४ लाख ५४ हजार ५५० रुपैयाँ बराबरका कस्मेटिक सामान र स्याउ बरामद गरिएको छ।

बरामद सबै सामानको कुल मूल्य १० लाख ६ हजार ७ सय ६० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...