मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ को मृत्यु, १ घाइते

डोटी, १३ कार्तिक– डोटीमा मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका वडा नं. ९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

सोही नगरपालिका वडा नं. ११ मल्लीसात स्थित माइती घर गएकी रोस्याराको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए । शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै करेन्ट लागेर सोही वडाका एक जना घाइते भएका छन् । शिखर नगरपालिका–११ बारबाटाका शिशिर साउद घाइते भएका हुन् । उनि पनि मोवाइल चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा आएको करेण्ट लागेर घाइते भएका हुन् । घाइते साउदको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ ।

Loading...