अत्तरियामा १८ औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा १८ औँ राष्ट्रिय पुस्तकालय दिवस-२०८३ को अवसर पारेर वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ।

‘बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिता २०८३ साल भाद्र १५ गते सञ्चालन हुनेछ।

Navadurga sun

विद्यार्थीहरूमा अध्ययन तथा अभिव्यक्ति क्षमताको विकास गर्ने र पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत छात्राहरूले मात्र सहभागी हुन पाउनेछन्।

स्थानीयस्तरमा पुस्तकालयको महत्त्व उजागर गर्दै युवा पुस्तालाई पठन संस्कृतितर्फ आकर्षित गर्न यो कार्यक्रम सहयोगी हुने विश्वास आयोजकले लिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक छात्राहरूलाई आवश्यक तयारीका साथ उपस्थित हुन पुस्तकालय व्यवस्थापन समितिले अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...