बाजुरामा पहिरोमा परी २० वर्षीया प्रतीक्षा थापाको मृत्यु

बाजुरा- बाजुराको त्रिवेणी नगरपालिका–९, ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी २० वर्षीया प्रतीक्षा थापा मृत अवस्थामा फेला परेकी छन्।

बुधबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण बिहीबार राति गएको पहिरोले दुईवटा घर पूर्णरूपमा पुरेको थियो। घर पुरिँदा स्थानीय कर्ण थापाकी छोरी प्रतीक्षा बेपत्ता भएकी थिइन्।

Navadurga sun

प्रतीक्षाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले रातिदेखि नै उद्धार तथा खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा उनलाई पहिरोले पुरिएको अवस्थामा घटनास्थलमै मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

पहिरोमा परी अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल रहेका छन्। दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको छ। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...