धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–९ मा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ८४ वर्षीय वीरबहादुर जाग्री पक्राउ परेका छन्।






जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले जाग्रीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।





पक्राउ परेका जाग्रीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविकता अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले बताएको छ।




