कैलालीका पाँच अस्पतालले मापदण्डविपरीत स्वास्थ्य सेवा सञ्चालन गरेको खुलासा

धनगढी- कैलालीका धनगढी र अत्तरियामा सञ्चालित पाँच अस्पतालले कानुनी मापदण्ड पूरा नगरी विभिन्न स्वास्थ्य सेवा सञ्चालन गरिरहेको पाइएको छ।

स्वास्थ्य कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा अत्तरियास्थित दोगडा सामुदायिक अस्पतालले इजाजतपत्र नवीकरण नगरी सेवा दिइरहेको पाइएको हो। यस्तै, पद्मा अस्पतालले इजाजतबिनै प्रयोगशाला सञ्चालन गरेको र अत्तरिया हस्पिटलले आवश्यक स्वीकृतिबिना कार्डियाक क्याथेटराइजेसन (क्याथ ल्याब) सेवा सञ्चालन गरेको भेटिएको छ।

Navadurga sun

त्यसैगरी, धनगढीस्थित नोभा हस्पिटलले आवश्यक मापदण्ड पूरा नगरी आईसीयू सेवा सञ्चालन गरेको तथा केजी अस्पतालले स्वीकृतिबिना युरोलोजी सेवा सञ्चालन गरेको अनुगमनका क्रममा खुलेको स्वास्थ्य कार्यालयले जनाएको छ।

जनस्वास्थ्य ऐन तथा नियमावली र सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी मापदण्डविपरीत अस्पतालहरूले सेवा सञ्चालन गरेको पाइएपछि स्वास्थ्य सेवाको गुणस्तर तथा बिरामीको सुरक्षामाथि प्रश्न उठेको छ।

अनुमति तथा आवश्यक मापदण्ड पूरा नगरी संवेदनशील स्वास्थ्य सेवा सञ्चालन हुँदा सर्वसाधारणको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले सम्बन्धित निकायले प्रभावकारी अनुगमन र आवश्यक कारबाही गर्नुपर्ने देखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...