कञ्चनपुरमा चरेश सहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ परेका छन्।

शुक्लाफाटा नगरपालिका–१२ कालागौडी स्थित सोही ठाउँ बस्ने ५७ वर्षीय धन सिंह कुवँर पक्राउ परेका हुन्। कुवँरले सञ्चालन गर्दै आईरहेको चिया पसलबाट १९ ग्राम ५३० मिलिग्राम लागूऔषध चरेश फेला पारी मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

Navadurga sun

लागुऔषध नियन्त्रण व्यूरो कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट बन्साह, कञ्चनपुरबाट खटिएको प्रहरी टोली टोलीले गोप्य सूचनाको आधारमा  चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...