कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–५, गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरमा लुगा सुकाउने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
