बझाङ–बनलेक ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्यो

२,५०० मेगावाट बराबरको विद्युत् प्रववाहका लागि बझाङ–बनलेक (पश्चिम सेती) ४०० केभी प्रसारण लाइन निर्माण हुने भएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले आयोजना निर्माणका लागि आवश्यक अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएको छ।

करिब ६० किलोमिटर लामो प्रसारण लाइन बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटीको शिखर नगरपालिका–१० स्थित प्रस्तावित बनलेक (पश्चिम सेती) सबस्टेसनसम्म विस्तार गरिनेछ। आयोजनाअन्तर्गत चैनपुरमा १६० एमभिए र बनलेकमा ३१५ एमभिए क्षमताका ४००/१३२ केभी सबस्टेसन निर्माण गरिनेछ।

Navadurga sun

प्रसारण लाइनमा १४३ वटा डबल सर्किट टावर निर्माण गरिनेछ भने आयोजनाका लागि २९५.४२ हेक्टर जग्गा आवश्यक पर्नेछ। प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर रहनेछ।

आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनामा वातावरणीय प्रभाव न्यून हुने गरी काम गरिने जनाइएको छ। साथै, विद्युत् विकास विभागले आयोजनाका सम्बन्धमा सर्वसाधारणबाट सुझाव तथा सल्लाहसमेत माग गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...