अत्तरिया- गोदावरी चेम्बर अफ कमर्सको चौथो विशेष साधारण सभाबाट तारा दत्त जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
शनिवार अत्तरियामा सम्पन्न सभाले वरिष्ठ उपाध्यक्षमा बाजी कामी, उद्योग उपाध्यक्षमा जनक राज भट्टराई, महासचिवमा रमेश बोगटी, सचिवमा सन्तोष बोहरा, कोषाध्यक्षमा लक्ष्मी दत्त जोशी तथा सह–कोषाध्यक्षमा बाबुराम भट्टराईलाई चयन गरेको हो।

नयाँ कार्यसमितिका सदस्यहरूमा लोक बहादुर खड्का, धनेन्द्र चौधरी, इन्द्र देव अवस्थी, नवीन भट्ट र किशन सिंह भाट चयन भएका छन्।
निवर्तमान अध्यक्ष नैमुदीन भाटको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रदेश अध्यक्ष विनोद मल्ल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा चेम्बरका सल्लाहकार हेम प्रकाश उप्रेती, धिरेन बोगटी, आनन्द भट्ट, बन्सी राम चौधरी (स्माइल) लगायतको उपस्थिति रहेको थियो।
