पूर्वराजा ज्ञानेन्द्र शाहको सामाजिक सद्भाव सन्देश

पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीसहित देशका विभिन्न स्थानमा देखिएको सामाजिक तथा धार्मिक सद्भाव बिथोलिने घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले यस्ता घटनाबाट जनधनको क्षति हुनुका साथै जनजीवन अशान्त बनेको भन्दै दुःख व्यक्त गरेका छन्।

उनले नेपाल विभिन्न जाति, भाषा र धर्मका मानिसहरू मिलेर बसेको देश भएको स्मरण गराउँदै आपसी सम्मान, सहिष्णुता र एकताकै कारण नेपालको पहिचान विश्वमा स्थापित भएको बताएका छन्। यस गौरवमाथि कुनै पनि प्रकारको आँच आउन नदिन सबैले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्नेमा उनले जोड दिएका छन्।

Navadurga sun

पूर्वराजाले सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, आपसी मेलमिलाप र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन एकजुट भएर अघि बढ्न आग्रह गर्दै वर्तमान अवस्थामा यही नै देशको सबैभन्दा ठूलो आवश्यकता रहेको बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...