कैलाली- मोबाइल, इमेल र सामाजिक सञ्जालको व्यापक प्रयोगका बाबजुद कैलालीमा हुलाक सेवाको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा हुलाक निर्देशनालय कैलालीमार्फत एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात–निर्यात भएका छन्, जसमा सबैभन्दा बढी ५२ हजार ६९९ वटा रजिष्ट्री चिठीको कारोबार भएको छ।

निर्देशनालयले विदेशी पत्र सेवा, ईएमएस सेवा तथा सञ्चार क्षेत्रको नियमनसमेत प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ। साथै, रु ६४ लाख ३१ हजार ९०३ राजस्व सङ्कलन भएको छ।
सीमित स्रोतसाधनका बीच पनि सेवा सुधार, आधुनिकीकरण, जनचेतना अभिवृद्धि तथा हुलाक सेवाको प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेको निर्देशनालयले जनाएको छ।
