जित्तलपुर शिविर बस्तीमा मुक्त कमैया दिवसको अवसरमा विकासका माग

अत्तरिया- गोदावरी नगरपालिका–अत्तरियास्थित जित्तलपुरमा मुक्त कमैया समाजले विविध कार्यक्रम आयोजना गरी २६औँ मुक्त कमैया दिवस मनाएको छ।

मुक्त कमैया समाजकी अध्यक्ष फुलमती डँगौरा थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्ट प्रमुख अतिथि र सब डिभिजन वन कार्यालय अत्तरियाका वन अधिकृत कृष्णबहादुर बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

Navadurga sun

कार्यक्रममा अध्यक्ष फुलमती डँगौरा थारुले जित्तलपुर शिविर बस्तीमा सडक, नाला, खानेपानीलगायत आधारभूत पूर्वाधारको अभाव रहेको बताइन्। वर्षायाममा बस्ती डुबानमा पर्ने, हिलोका कारण आवतजावतमा कठिनाइ हुने भएकाले सडकमा तत्काल ग्राभेल हालेर स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउँदै बस्तीका विकासका कामलाई प्राथमिकतामा राख्न आग्रह गरिन्।

प्रमुख अतिथि तथा वडाध्यक्ष गोपालदत्त भट्टले बस्तीका समस्या समाधानका लागि वडा कार्यालयबाट आवश्यक पहल भइरहेको जानकारी दिँदै सडक, नाला, खानेपानीलगायत विकास निर्माणका कार्यलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

नेपाल सरकारले वि.सं. २०५७ साल साउन २ गते कमैया प्रथाको औपचारिक अन्त्य घोषणा गरेको ऐतिहासिक निर्णयको स्मरणमा प्रत्येक वर्ष साउन २ गते मुक्त कमैया दिवस मनाइँदै आएको छ। यस वर्ष पनि जित्तलपुर शिविर बस्तीका बासिन्दाले दिवसको महत्व स्मरण गर्दै विविध कार्यक्रमका साथ २६औँ मुक्त कमैया दिवस मनाएका हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...