मुग्लिन–नारायणगढ सडकमा दुई बस ठोक्किँदा सडक अवरुद्ध, केही यात्रु घाइते

चितवन- चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक दुईवटा बस आपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनाग्रस्त बस हटाउने काम भइरहेको छ भने दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेको यकिन संख्या भने सार्वजनिक गरिएको छैन।

Navadurga sun

पहिरोको उच्च जोखिमका कारण शनिबार राति १० बजेदेखि बन्द गरिएको उक्त सडकखण्ड आइतबार बिहान ६ बजे सञ्चालनमा आएको थियो।

सडक खुलेलगत्तै लेन अनुशासन उल्लङ्घन हुँदा दुर्घटना र लामो जामको समस्या देखिएको भन्दै सडक डिभिजन कार्यालयले सबै सवारी चालकलाई निर्धारित लेनमा रही सीमित गतिमा सवारी चलाउन आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...