कैलालीमा मोटरसाइकल दुर्घटना: १८ वर्षीय युवकको मृत्यु, एक घाइते

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित मत्स्य पालन केन्द्र नजिक शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा १८ वर्षीय युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५९९८ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी १८ वर्षीय पर्वत चौधरी गम्भीर घाइते भएका थिए। स्थानीयवासी र प्रहरीको सहयोगमा उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

Navadurga sun

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १७ वर्षीय लक्ष्मण खातीको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक पर्वत चौधरी र घाइते लक्ष्मण खाती दुवै जना एसओएस बालग्राम शाखा कार्यालय, तारानगरमा बस्दै आएका थिए। मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीले सवारीसाधन चलाउँदा गति नियन्त्रणमा राख्न, हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबै चालकलाई आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...