चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर मनसुनी वायु सक्रिय रहँदा आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Ganyapdhura gau

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

Godawari sandesh
Dadeldhura hospital

आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहनेछ। ती प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

Couple
Loading...