धनगढी विमानस्थलबाट साढे ४ लाखको सामान बरामद

धनगढी- कैलालीको गेटा विमानस्थलबाट काठमाडौँ पठाउन लागिएका ४ लाख ५४ हजार रुपैयाँ बराबरका बिलविहीन फोटो स्टुडियोसम्बन्धी सामग्री प्रहरीले बरामद गरेको छ।

 धनगढी उपमहानगरपालिका–१३ स्थित गेटा विमानस्थलको सुरक्षा गार्ड गेटमा खटिएको प्रहरी टोलीले बुध एयरमार्फत उपाय सिटी कार्गोबाट धनगढीदेखि काठमाडौँ पठाउन लागिएको सामान जाँच गर्ने क्रममा उक्त सामग्री फेला पारेको हो।

Navadurga sun

प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र बमको कमाण्डमा खटिएको टोलीले विमानस्थलको एक्स–रे मेसिनबाट जाँच गर्दा बिल तथा भरपाइ नभएका फोटो स्टुडियोसम्बन्धी सामग्री बरामद गरेको जनाएको छ।

बरामद सामग्रीको अनुमानित मूल्य ४ लाख ५४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि उक्त सामग्री जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...