आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

Navadurga sun

महाशाखाले आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। केही हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...