कृष्णपुरमा दोस्रो खुल्ला फुटबल प्रतियोगिता सुरु

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मा रहेको सिद्धार्थ युवा क्लबको आयोजनामा दोस्रो संस्करणको खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ। युवाहरूलाई खेलकुदमार्फत अनुशासित, स्वस्थ तथा सामाजिक रूपमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

‘हाम्रो सामूहिक गोल, लागू पदार्थ दुर्व्यसनको अन्त्य’ भन्ने नारासहित सञ्चालन गरिएको प्रतियोगिताले युवामा बढ्दो लागू पदार्थ दुर्व्यसन नियन्त्रण गर्न तथा खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Navadurga sun

प्रतियोगिताको उद्घाटन कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा ले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नगरपालिकाले युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए।

प्रतियोगितामा २० टोलीबीच प्रतिस्पर्धा हुनेछ। विजेता टोलीले ट्रफी, मेडलसहित नगद रु. १ लाख १ हजार १ सय ११ प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार १ सय ५१ पुरस्कार पाउनेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही रु. २ हजारका दरले पुरस्कार प्रदान गरिनेछ।

उद्घाटन समारोहमा गोविन्द बिक, वडा अध्यक्ष घुम्मा राना, वडा सदस्य चक्र रैकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणबहादुर ओड तथा सामुदायिक वनका अध्यक्ष महेन्द्र रोकायलगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा विभिन्न टोलीका खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...