अत्तरियामा मोटरसाइकल चोरी प्रकरण : मुख्य अभियुक्तसहित तीन जना पक्राउ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया क्षेत्रमा दिनदहाडै मोटरसाइकल चोरी गर्ने घटनामा संलग्न मुख्य अभियुक्तसहित तीन जना पक्राउ परेका छन्। मंगलबार से ७ प ३६९६ नम्बरको मोटरसाइकल चोरी गरी फरार भएका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

गोदावरी–९ बल्मी निवासी करिब २२ वर्षीय केशव चौधरीलाई उनको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेती ले जनाएको छ। चौधरीसँगै चोरीमा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको कार्यालय प्रमुख हिरा सिंह महरा ले जानकारी दिएका छन्।

Navadurga sun

अत्तरियास्थित केशव ट्रेड लिङ्क क्षेत्रबाट मोटरसाइकल चोरी भएपछि प्रहरीले सक्रिय अनुसन्धान थालेको थियो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डीएसपी महराले बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...