सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई कैलाली अस्पतालमा उपचार सेवा सुरु

धनगढी- धनगढीस्थित कैलाली अस्पताल ले सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक तथा योगदानकर्ताका लागि स्वास्थ्य उपचार सेवा सुरु गरेको छ। अस्पताल र सामाजिक सुरक्षा कोष बीच भएको सम्झौतापछि कोषमा आवद्ध व्यक्तिहरूले अस्पतालबाट विभिन्न स्वास्थ्य सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

Ganyapdhura gau

अस्पतालका अध्यक्ष जनकराज जोशी का अनुसार सामाजिक सुरक्षा कोषका योगदानकर्ताले प्रचलित व्यवस्था अनुसार विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरू पाउनेछन्। सेवा लिन आउँदा सामाजिक सुरक्षा कोषको परिचयपत्र तथा आवश्यक कागजात साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। उपचार सेवाअन्तर्गत लाग्ने कुल खर्चको २० प्रतिशत रकम भने लाभग्राही स्वयंले व्यहोर्नुपर्ने अस्पतालले जनाएको छ।

Navadurga sun
Dadhaldhura pur

यस सेवाको सुरुवातसँगै कैलालीसहित सुदूरपश्चिमका हजारौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। सामाजिक सुरक्षा कोषले देशभरका स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गर्दै योगदानकर्तालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने नीतिअनुसार कैलाली अस्पतालसँग पनि सेवा विस्तार गरेको जनाएको छ।

कैलाली अस्पतालले एकै स्थानबाट बहुआयामिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा २४सै घण्टा इमरजेन्सी, शल्यक्रिया, फार्मेसी तथा एम्बुलेन्स सेवा उपलब्ध छन्। साथै मुटुरोग, हाडजोर्नी, नसा, मिर्गौला, छाला तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ चिकित्सकमार्फत नियमित उपचार सेवा सञ्चालन भइरहेको छ।

अत्याधुनिक प्रविधिसहित आईसीयू, एनआईसीयू, भेन्टिलेटर, भिडियो एक्स–रे, इकोकार्डियोग्राफी, इन्डोस्कोपी तथा ल्याप्रोस्कोपिक शल्यक्रिया सेवासमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ। हाल ५० शैयाको रहेको अस्पताललाई छिट्टै १०० शैयामा विस्तार गर्ने तयारी गरिएको छ। अस्पतालका अनुसार पछिल्लो समय सुदूरपश्चिमका साथै छिमेकी भारत बाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...