कञ्चनपुरका तीन स्थानीय तहमा सार्वजनिक बिदा

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवस्थित प्रसिद्ध नक्टाबाबा कालेश्वर महादेव मन्दिरमा मनाइने ऐतिहासिक गङ्गादशहरा पर्वको अवसरमा जिल्लाका तीन स्थानीय तहले स्थानीय सार्वजनिक बिदा दिएका छन्।

बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका ले सोमबार सूचना जारी गर्दै जेष्ठ शुक्ल दशमीका दिन मनाइने गङ्गादशहरा पर्वको अवसरमा मङ्गलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

Navadurga sun

दक्षिणी क्षेत्र भकुण्डास्थित नक्टाबाबा कालेश्वर महादेव मन्दिर मा हरेक वर्ष गङ्गादशहरा पर्व भव्य रूपमा मनाइँदै आएको छ। उक्त पर्वमा नेपाल तथा भारतका विभिन्न स्थानबाट दशौं हजार श्रद्धालु दर्शनका लागि पुग्ने गर्दछन्।

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी ले नक्टाबाबा क्षेत्रलाई प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले यसको महत्वलाई ध्यानमा राख्दै बिदा दिइएको बताएका छन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्राम राना का अनुसार मेलामा व्यापार, खानपान तथा सांस्कृतिक सामग्रीका करिब चार सयभन्दा बढी स्टल सञ्चालन गरिएका छन्।

यता अत्यधिक गर्मीका कारण जिल्लाका शुक्लाफाँटा नगरपालिका, भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिका ले पनि विद्यालयहरूमा एक साताका लागि स्थानीय बिदा दिएका छन्।

नगरपालिकाहरूले जारी गरेको सूचनाअनुसार विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै जेठ १३ गतेसम्म सम्पूर्ण विद्यालय बन्द रहनेछन्। साथै जेठ १४ गते बकर ईद र १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा तथा त्यसपछि शनिबार–आइतबार परेको कारण लगातार लामो बिदा हुने भएको छ।

भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामी ले अत्यधिक गर्मी र लगातार पर्ने सार्वजनिक बिदालाई समायोजन गर्दै विद्यालय बन्द गरिएको जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...