धनगढी राष्ट्रपति रनिङ शिल्डको उपाधि विजेता, गोदावरी नगरपालिका तेस्रो स्थानमा

१७ औँ संस्करणको आयोजना गोदावरी नगरपालिकाले गर्ने घोषणा

अत्तरिया-  १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ को उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ। बर्दगोरिया गाउँपालिकामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धनगढी समग्र च्याम्पियन बन्न सफल भएको हो।

Ganyapdhura gau

धनगढीले ३० स्वर्ण, १४ रजत र ८ कास्यसहित कुल ५२ पदक जित्यो। प्रतियोगिताभर धनगढीका खेलाडीहरूले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका थिए।

Navadurga sun
Godawari sandesh

घोडाघोडी नगरपालिका १९ स्वर्ण, ९ रजत र १९ कास्यसहित कुल ४७ पदक जित्दै दोस्रो स्थानमा रह्यो। त्यस्तै गोदावरी नगरपालिका ७ स्वर्ण, २४ रजत र १६ कास्यसहित ४७ पदकका साथ तेस्रो स्थानमा सीमित भयो।

Dadhaldhura pur

लम्कीचुहा नगरपालिका ४ स्वर्णसहित चौथो, टिकापुर नगरपालिका पाँचौँ र गौरिगङ्गा नगरपालिका छैटौँ स्थानमा रहे। भजनी नगरपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य जित्यो।

गाउँपालिकातर्फ मोहन्याल गाउँपालिकाले मात्र स्वर्ण पदक जित्न सफल भयो भने बर्दगोरिया, चुरे, कैलारी, जोशीपुर र जानकी गाउँपालिकाले स्वर्ण पदक जित्न सकेनन्।

समापन समारोह कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश भण्डारीको सभापतित्व तथा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा आगामी १७ औँ संस्करणको आयोजना गोदावरी नगरपालिकाले गर्ने घोषणा गरिएको छ।

Couple
Loading...