बुढीतोला तराईकै चिसो पर्यटकीय गन्तव्य बन्दै : गोरखबहादुर बिष्ट ‘आनन्द’

अत्तरिया- नेपाली कांग्रेसका युवा नेता तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार गोरखबहादुर बिष्ट ले बुढीतोलालाई तराईको पहिलो चिसो पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा पहिलो पटक आयोजना गरिएको बुढीतोला पर्यटन महोत्सवमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले अत्यधिक गर्मी हुने तराई क्षेत्रमा अत्तरियाबाट करिब १९ किलोमिटर दूरीमा रहेको बुढीतोला २४–२५ डिग्री तापक्रम रहने शीतल स्थल भएकाले पर्यापर्यटनका लागि अत्यन्त उपयुक्त रहेको बताए।

Navadurga sun

उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ भू–वनोट र हावापानीका दृष्टिले निकै सुन्दर क्षेत्र रहेको उल्लेख गर्दै चुरे र मोहन्याल क्षेत्रमा बाह्रै महिना सञ्चालन हुने सडक निर्माण गर्न आवश्यक रहेको धारणा राखे। “यहाँको पर्यटन विकासका लागि सडक पूर्वाधार अपरिहार्य छ, त्यसका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ,” उनले भने।

बुढीतोला प्राकृतिक सुन्दरतासँगै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र पनि भएको उनले बताए। युवा व्यवसायीहरूको पहलमा आयोजना गरिएको बुढीतोला पर्यटन महोत्सवले मनोरञ्जन मात्र नभई स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा महोत्सव संयोजक हरिदत्त भट्टराई ले नेपाली कांग्रेसका युवा नेता गोरखबहादुर बिष्ट ‘आनन्द’, हेमप्रकाश मल्ल, कांग्रेस डोटीका नेता दीपक बिष्ट, पत्रकार तथा साहित्यकार पुष्पराज जोशी, युवा समाजसेवी नवीन रावल तथा धनगढीका युवा नेता निरज बिष्ट लगायतलाई स्वागत तथा सम्मान गरेका थिए।

वैशाख १७ गतेदेखि सुरु भएको महोत्सव आइतबार सम्पन्न हुँदैछ। महोत्सव अवलोकनका लागि कैलाली, कञ्चनपुर सहित भारतको पलिया बाट समेत पर्यटकहरू आउने गरेको आयोजकले बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...