डोटीमा आठ जनाको मृत्यु एक बेपत्ता




डिलबहादुर सिंह
डाेटी, २ कार्तिक- लगातारको भारी बर्षा पछि आएको बाढीपहिरोमा परेर डोटीका बिभिन्न स्थानमा ८ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डोटीको सायल गाउँपालिकामा २ जना, जोरायल गाउँपालिकामा ५ जना र शिखर नगरपालिका १ जना गरी आठ जनाको ज्यान गएको छ । डोटीको सायल गाउँपालिकामा खोलाले बगाउदा १ जना बेपत्ता भएका छन् ।



डोटीको सायल गाउँपालिका–६ खातिवाडा अलैतवडामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राती घरमा सुतिरहेको अवस्थामा घर माथीबाट आएको पहिरोमा परि दिलबहादुर कुन्जेडाका १४ बर्षिय छोरा सागर कुन्जेडा, ११ बर्षिय छोरा आशिस कुन्जेडाको मृत्यु भएको छ ।शिखर नगरपालिका ११ की ३५ बर्षिय मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।


यसैगरी पहिरोमा परेर डोटीकै जोरायल गाउँपालिकामा ३ मा ६२ बर्षीया जोगी सार्की, जोरायल गाउँपालिका ४ मा ४२ बर्षीय शेर बहादुर बि.क१८ बर्षीय मोहन बि.क, बर्ष १३ की पवित्रा बि.क,१६ बर्षीय रविन बि.कको ज्यान गएको छ। सायल सायल गाउँपालिका वडा नं। १ का ६४ बर्षिय बिरे रोकाया छत्रेखोलामा बाढीले बगाएर बेपत्ता हुनु भएको छ।



