पहिरोले घर पुरिँदा बैतडीमा बालकसहित ३ को मृत्यु




बैतडी, २ कार्तिक– बैतडीमा पहिरोले घर पुरिदा बालकसहित ३ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर जिल्लाको शिवनाथ गाउँपालिका–६ मा ३ जनाको मृत्यु भएको हो ।



मृत्यु हुनेमा स्थानीय भालु पार्कीका बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया नाती सोम पार्की रहेको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् ।


उनीहरुको मंगलबार करिब तीन बजेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको भएपनि फोन सम्पर्क नहुँदा ढिलो गरेर खबर प्राप्त भएको उनले बताइन् । खबर पाउन बित्तिकै पुगेको प्रहरी टोलीले तीनै जनाको शव निकालेर परीक्षणका लागि अस्पताल पठाएको छ ।



