अतरियामा खानेपानी समितिको निर्वाचन: राजेन्द्र खड्का प्यानलका १२ प्रतिबद्धता सार्वजनिक

लक्ष्मी भट्ट/अतरिया- अतरिया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी २६ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजेन्द्र खड्का नेतृत्वको प्यानलले १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।

Ganyapdhura gau

अतरियास्थित प्रतिभा पुस्तकालयमा आज आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत “स्वच्छ खानेपानी दीर्घकालीन स्रोत व्यवस्थापनका लागि हाम्रो प्रतिबद्धता” भन्ने नारासहित योजना सार्वजनिक गरिएको हो ।

Navadurga sun
Godawari sandesh

प्यानलले आफूहरू विजयी भएमा २४ सै घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउने, न्यूनतम महसुल कायम गरी सेवा विस्तार गर्ने तथा दीर्घकालीन समाधानका लागि प्राकृतिक स्रोत पहिचान र बजेट व्यवस्थापन गर्ने जनाएको छ ।

Dadeldhura hospital

त्यस्तै, प्रत्येक टोलमा नियमित पानी परीक्षण गरी डिजिटल जानकारी उपलब्ध गराउने, सडकका दुवै किनारमा पाइपलाइन विस्तार गर्ने र आर्थिक पारदर्शिताका लागि मासिक प्रतिवेदन वेबपेजमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

उपभोक्ताका गुनासो सुन्न टोल-फ्री नम्बर सञ्चालन गर्ने, २४ घण्टाभित्र समस्या समाधान गर्ने तथा संस्थाको आफ्नै वेबसाइट निर्माण गरी सूचना प्रवाहलाई व्यवस्थित बनाउने योजना रहेको छ ।

प्यानलले निर्वाचित भएको ६ महिनाभित्र प्याकेजिङ पानी प्लान्ट स्थापना गर्ने, स्थानीय रोजगारी सिर्जना गर्ने र खरिद प्रक्रियालाई पारदर्शी बनाउन छुट्टै समिति गठन गर्ने लक्ष्य लिएको छ ।

पत्रकार सम्मेलनमा प्यानलले कुनै पनि प्रकारको आर्थिक अनियमितता नगर्ने र दोषीमाथि कडा कारबाही गर्ने अठोट व्यक्त गर्दै एकपटक विश्वास गरेर आफूहरूलाई विजयी गराउन अपिल गरेको छ ।

Couple
Loading...