बैतडीमा ट्याक्टर दुर्घटना: ७ जना घाइते, एकको अवस्था गम्भीर

बैतडी- बैतडी जिल्लाको मेलौली नगरपालिका–८ कोटीगाउँमा बिहीबार राति करिब साढे १० बजे ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। मर्छलेबाट बगौरातर्फ जाँदै गरेको लु ५ त १५३९ नम्बरको ट्याक्टर कच्ची सडकमा पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ट्याक्टरको ट्रालीमा सवार यात्रुहरू घाइते भएका हुन्। घाइते हुनेहरूमा पदम ठगुन्ना, धनबहादुर बिष्ट, बलराम ठगुन्ना, सुवास ठगुन्ना, आकाश दमाइ, पशुपति दमाइ र अनिल ठगुन्ना रहेका छन्।

Navadurga sun

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर चालक सुरेश ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...