मानवीय लापरवाहीले कञ्चनपुरका वन जले, गाउँसम्म धुवाँ र दुर्गन्ध

कञ्चनपुरको वनक्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर
कञ्चनपुर- कञ्चनपुरको वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । लगातार तीन दिनदेखि निकुञ्ज क्षेत्र अन्तर्गतका वनक्षेत्र तथा डिभिजन वन कार्यालय अन्तर्गतका वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो । 

बेलौरी, बेलडाँडी, लालझाडीलगायतका वनक्षेत्रमा लागेको डढेलोका कारण सामुदायिक वनक्षेत्र जलेर सखाप भएको स्थानीय बताउँछन् । डढेलोका कारण जङ्गली जनावर वासस्थान छोड्न बाध्य भएका छन् भने नजिकका गाउँमा समेत दुर्गन्ध फैलिएको वनसाहका बासिन्दा रमेश रानाले बताए। 

godawari10 Mahila hinsa
Navadurga sun

वनमा हुने आगजनीका घटना न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले थुप्रै प्रयास गर्दै आए पनि डढेलो नियन्त्रणबाहिर पुगेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुँवरले बताए।  

Dadeldhura hospital

गर्मी समय सुरु भएयता वनक्षेत्रमा लाग्दै आएको डढेलो यस वर्ष पनि नियन्त्रणमा ल्याउन नसकिएको उनको भनाइ थियो । उनले डढेलो नियन्त्रणका लागि यहाँका सामुदायिक वनलाई आवश्यक हाते उपकरण वितरण गरिएको पनि बताए। यसका साथै समूहलाई वनक्षेत्रमा अग्निरेखा सफा गर्न निर्देशन दिइएको तथा प्रचारप्रसारका कार्यव्रmम सञ्चालनमा रहेको सूचना अधिकारी कुँवरले बताए। 

डिभिजन वन कार्यालयले सामुदायिक वन क्षेत्रमा झाडी सफाइ, पुराना सुकेका काठदाउरा निकाल्ने काम गरिएको जनाएको छ तर डढेलो नियन्त्रणका लागि दमकल, ट्याङ्करलगायतका उपकरण भने कार्यालयसँग उपलब्ध नरहेको सूचना अधिकारी कुँवरले बताए। अत्यावश्यक परेका बेला नजिकका स्थानीय तहसँग समन्वय गरिँदै आएको उनको भनाइ छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतका वनसमेत डढेलाका कारण सखाप भएका छन् । निकुञ्ज क्षेत्र अन्तर्गत राना दैजी, गोबरिया, बेलडाँडी, लालझाँडी, कुन्डालगायतका स्थानीयले डढेलोकै कारण गाउँमा दुर्गन्ध बढेको गुनासो गरेका छन् । स्थानीय देवकी थापाले सेन्चुरीमा लागेको डढेलोको कारण धुवाँ बस्तीसम्म उडेर आएपछि घरमा बस्नै मुस्किल भएको भीमदत्त नगरपालिका–१५, गोबरियाका स्थानीय देवकी थापाले गुनासो गरिन्। निकुञ्जको सेन्चुरीमा लागेको डढेलोका कारण महेन्द्रनगर बजारसमेत दुर्गन्धित हुँदै आएको स्थानीय हिमाल थापाले बताए। 

निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि प्रयास भने गरिँदै आएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए। उनले नेपाली सेनाको सहयोगमा कोदालोलगायतका हाते उपकरणको सहायताले डढेलो पन्छाउने काम हुने गरेको बताए। 

डढेलो मुख्यतया यहाँका स्थानीय गोठालो जाँदा, घाँस दाउरा लिन जाँदा मानवीय कारण लाग्दै आएको उनको भनाइ थियो । निकुञ्ज कार्र्यालयका अनुसार वनमा डढेलो लगाउने व्यक्तिमाथि एक वर्षसम्म कैद तथा बिगो अनुसारको कारबाही गरिने व्यवस्था रहे पनि हालसम्म कोही पक्राउ भने परेका छैनन् ।  गाेरखापत्रबाट

Loading...