वर्षाले घर भत्किदा डोटीमा २ बालकको मृत्यु





डाेटी, २ कार्तिक– डोटीमा वर्षाले घर भत्किदा २ बालकको मृत्यु भएको छ । लगातारको वर्षाका कारण घर भत्किदा जिल्लाको सायल गाउँपालिका वडा नं. ६ मा स्थानीय बिरबहादुर कुन्जेडाका २ छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको हो ।
उनीहरुमध्ये एक जनाको शव निकालिएको छ भने अर्काको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।



