विभिन्न माग राख्दै आरक्ष पीडितको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अर्धनग्न प्रदर्शन

कञ्चनपुर- शुक्लाफाँटा आरक्ष पीडित जिल्ला संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि अर्धनग्न प्रदर्शन गरेका छन्। लामो समयदेखि राज्यले बेवास्ता गर्दै आएको आरोप लगाउँदै पीडितहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

Dadeldhura hospital

प्रदर्शनका क्रममा उनीहरूले आरक्ष पीडितहरूका लागि न्यूनतम १० कट्टा जमिन उपलब्ध गराउन, विगत २४ वर्षसम्मको क्षतिपूर्ति दिन, साथै शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवा निःशुल्क र सुनिश्चित गर्न माग गरेका छन्। त्यस्तै, पीडितहरूलाई एउटै वडामा व्यवस्थित रूपमा बसोबास गराउन र द्वन्द्व पीडितसरह मान्यता दिनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ।

Navadurga sun
Godawari sandesh

प्रदर्शनकारीहरूले आफूहरू वर्षौंदेखि अन्यायमा परेको भन्दै अब पनि माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारसँग पटक–पटक पहल गर्दा पनि ठोस सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

जिल्ला प्रशासन कार्यालय अगाडि भएको यस प्रदर्शनले स्थानीय स्तरमै चासो बढाएको छ। सरोकारवालाहरूले समस्या समाधानका लागि तत्काल संवाद र ठोस पहल आवश्यक रहेको बताएका छन्। यसअघि पनि पीडितहरूले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आए पनि राज्यले अपेक्षित प्रतिक्रिया दिन नसकेको उनीहरूको आरोप छ।

Loading...