कञ्चनपुरमा भन्सार छलीका चप्पल र किराना सामान बरामद

कञ्चनपुर- कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–५ वनदेवी जंगल नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।

शनिबार इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी रु. ५७ हजार ५० मूल्य बराबरका चप्पल तथा किराना सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun

प्रहरीका अनुसार उक्त सामान भन्सार प्रक्रिया बिना नै ल्याइएको आशंका गरिएको छ। बरामद गरिएका सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...