बाढीले झोलुङ्गे पुल बगाउँदा ६० जना फसे

डोटी, २ कार्तिक- अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन्। जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन्। सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको वडाध्यक्ष रामबहादुर धामीले बताए।

बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भएको हो। सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहेको बताए। ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएकाे वडाध्यक्ष धामीले बताए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...