यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी- राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि निःशुल्क प्रशिक्षण सञ्चालन गरेका छन्। 

दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित  मैदानमा आजदेखि सञ्चालन भएको प्रशिक्षणमा ४८ खेलाडी सहभागी छन्। मैदानमा अभ्यास खेल जारी छन्।

Navadurga sun

स्थानीयस्तरमा क्रिकेटको विकास र  प्रतिभा पहिचानका निम्ति ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको मुख्य प्रशिक्षक दीपेन्द्र चन्दले राससलाई बताउनुभयो । जिल्ला क्रिकेट सङ्घले पनि प्रशिक्षणमा सघाउने बताएको छ। 

ADD Khali jpg
ADD Khali jpg
Loading...