सीमा सुरक्षामा कडाइ : कैलाली र कञ्चनपुरमा १८० सशस्त्र प्रहरी थप

धनगढी- कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीले अतिरिक्त जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीका निमित्त बाहिनीपति एसएसपी दिगविजय सुवेदीका अनुसार दुवै जिल्लामा ९०/९० जनाका दरले कुल १८० जना सशस्त्र प्रहरी खटाइएको हो।

थप गरिएको जनशक्तिलाई ३०/३० जनाको तीन समूहमा विभाजन गरिएको छ। एउटा टोली दिनमा, अर्को टोली रातिको समयमा सीमा क्षेत्रमा खटिनेछ भने तेस्रो टोली आकस्मिक अवस्थामा तयारी अवस्थामा रहनेछ।

Navadurga sun

कैलालीको धनगढीस्थित नं. ३४ गण हेटक्वाटर र कञ्चनपुरको झलारीस्थित नं. ३५ गण हेटक्वाटरबाट टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा रहेका गुल्म, बीओपी तथा अन्य युनिटहरूको कामकारबाहीको अनुगमन प्रभावकारी बनाउन, अवैध चोरी–तस्करी नियन्त्रण गर्न र समग्र सीमा सुरक्षा मजबुत बनाउन यो कदम चालिएको हो। साथै, सीमा क्षेत्रमा सम्भावित विपद् जोखिमयुक्त स्थानहरूको अध्ययन तथा विश्लेषण समेत गरिने बताइएको छ।

यसअघि गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षामा कडाइ गर्न निर्देशन दिएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...