कोरोना समयमा बनेका करोडौँका होल्डिङ सेन्टर प्रयोगविहीन, जीर्ण बन्दै

कञ्चनपुर- कोरोना महामारीको समयमा भारतबाट फर्किने नागरिक व्यवस्थापनका लागि निर्माण गरिएका कञ्चनपुरका होल्डिङ सेन्टर हाल प्रयोगविहीन बनेका छन्।

भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रमा करिब २९ करोड २५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएका ती संरचना प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका हुन्।

Navadurga sun

सरकारले त्यतिबेला एक हजार बेड क्षमताका २० वटा संरचना, ५० बेड क्षमताका दुई स्वास्थ्यकर्मी आवास, २२ शौचालय र १५ भान्सा निर्माण गरेको थियो। तर अहिले ती संरचना खाली अवस्थामा रहेका छन्।

स्थानीयले उक्त संरचनालाई लागूऔषध दुर्व्यसनी सुधार केन्द्र वा क्षयरोग (टीभी) उपचार केन्द्रका रूपमा सञ्चालन गर्न सुझाव दिएका छन्। नजिकै रहेको महाकाली प्रादेशिक अस्पतालमा बिरामीका लागि बस्ने सुविधा अभाव भएकाले यस्तो प्रयोग उपयुक्त हुने स्थानीयको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार, होल्डिङ सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न विकल्पबारे छलफल भइरहेको छ। यसअघि गठन गरिएको अध्ययन उपसमितिले विपद् व्यवस्थापन, पुनःस्थापना केन्द्र, क्षयरोग उपचार तथा सुरक्षा निकायका लागि प्रयोग गर्न सकिने प्रस्तावसमेत पेश गरेको थियो। अब छिट्टै अध्ययन गरी उपयुक्त निर्णयमा पुगिने प्रशासनले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...