सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन संशाेधनसहित पारित

धनगढी- सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा गठन तथा संशाेधन (पहिलाे संशाेधन) विद्येयक सर्वसम्मत पारित भएको छ ।

शुक्रबार बसेकाे प्रदेश सभाकाे बैठकले सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पेश गरेकाे प्रस्ताव सभाबाट छलफलपछि सर्वसम्मत पारित गरिएकाे हाे

Navadurga sun

विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल सम्पन्न भएर आएको प्रतिवेदन हुबहु पारित गरिएको छ ।

यस्तै, सार्कीले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त विद्येयकमाथि सांसदहरूले आ-आफ्ना धारणा राखेका छन् । सभामुख भीमबहादुर भण्डारीले पेश गरेकाे प्रदेश सभा सदस्यले लगाउने प्रतिक चिन्ह (लोगो) निर्धारण सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...