कञ्चनपुर कारागारमा कैदीबन्दी झडप, पाँच घाइते

कञ्चनपुर- कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। घाइतेहरूमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन्। उनीहरू लागुऔषध तथा चोरी मुद्दामा संलग्न कैदीबन्दी हुन्।

घाइतेहरूलाई तत्काल महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार झडपमा संलग्न समूहबीच यसअघि पनि विवाद र झडपको इतिहास रहेको छ। प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...