फाप्ला रंगशाला र सुदूरपश्चिम विश्वविद्यालयको मन्त्री पोखरेलद्वारा निरीक्षण

धनगढी- शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला तथा कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय को निरीक्षण गरेका छन्।

फाप्ला रंगशालाको निरीक्षणका क्रममा मन्त्री पोखरेलले आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले आयोजनासम्बन्धी जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) जस्ता आवश्यक प्राविधिक प्रक्रिया पूरा भइसकेको जानकारी दिए।

Navadurga sun

उक्त आयोजना राष्ट्रिय आयोजना बैंकमा समावेश भइसकेकाले अब बजेट विनियोजन र कार्यान्वयन प्रक्रियालाई तीव्र बनाइने मन्त्री पोखरेलको भनाइ छ।

निरीक्षणका क्रममा पूर्वाधार निर्माण समितिका अध्यक्ष सुवास शाही ले परियोजना सम्पन्न भएपछि देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने “गेम चेन्जर” आयोजना बन्ने विश्वास व्यक्त गरे।

निरीक्षण टोलीमा प्रतिनिधिसभा सदस्य आनन्दबहादुर चन्द र केपी खनाल लगायत सहभागी थिए। निरीक्षणपछि मन्त्रीसहित टोलीले केही समय क्रिकेट खेलेर मनोरञ्जन समेत गरेका थिए।

त्यसपछि मन्त्री पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय को केन्द्रीय कार्यालयको पनि निरीक्षण गरेका थिए। सो अवसरमा उनले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सुधारका कार्यक्रम अघि बढाइरहेको बताए।

सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा विशेष प्राथमिकतासहित लगानी वृद्धि गरिने र सीमित स्रोत साधनका बाबजुद पनि समग्र क्षेत्रमा क्रमिक सुधार गरिने मन्त्री पोखरेलले उल्लेख गरे।

ADD Khali jpg
ADD Khali jpg
Loading...