सरकारी जागिरको प्रलोभनमा १ करोडभन्दा बढी ठगी, एक पक्राउ

अत्तरिया- कैलालीमा सरकारी जागिर लगाइदिने तथा विभिन्न अनुदान उपलब्ध गराइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डोटीको आदर्श गाउँपालिका–२ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–६ लालपुर बस्दै आएका ३३ वर्षीय तुलाराम कोलीलाई उनकै घरबाट पक्राउ गरिएको हो।

Navadurga sun

प्रहरीले उनलाई नियन्त्रणमा लिएर हाल जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार कोलीविरुद्ध करिब १ करोड २० लाख रुपैयाँ बराबरको ठगी गरेको आरोपमा १० वटा उजुरी दर्ता भइसकेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...